डन्डीफोरको कालो दाग हटाउने घरेलु तरिका

नेपालभ्युज

डन्डीफोरको कालो दाग हटाउने घरेलु तरिका

एजेन्सी । अनुहारमा विभिन्न कारणले डन्डीफोर आउँछ । यस्ता डन्डीफोर ठिक भएपछि कालो दाग बस्छ । ती दाग यति जिद्दी हुन्छन् कि सजिलै जाँदैनन् ।

केही घरेलु उपाय अपनाएर पनि यस्ता दाग हटाउन सकिन्छ । अनुहारका दाग हटाउन तीन वटा चीज एकदमै फाइदाजनक हुन्छन् । ती हुन् मुल्तानी मिट्टी, चन्दन र नीम आयल ।

यसको फेस प्याक बनाउनका लागि एक चम्चा मुल्तानी मिट्टी, एक चम्चा चन्दन र नीम एसेन्सियल आयलको केही थोपा लिनुहोस् ।

अब एउटा कचौरामा तीनवटै चीजलाई राम्रोसँग मिसाउनुहोस् । यसमा थोरै पानी राखेर पेस्ट बनाउनुहोस् । यो अनुहारमा लगाएर २० मिनेटसम्म राख्नुहोस् र सफा पानीले धुनुहोस् ।

त्यस्तै अर्को उपाय छ मसुरोको दाल लगाएर पनि अनुहार चम्किलो र दागरहित बनाउन सकिन्छ । यसका लागि मसुराको दाललाई पिस्नुहोस् र यसमा टमाटरको रस मिसाएर लेप तयार गर्नुहोस् । उक्त लेपलाई अनुहारमा लगाएर २० मिनेट राखेर धुनुहोस् ।

त्यस्तै अनुहारमा डन्डीफोरले बनाएका दाग हटाउन स्टिम पनि राम्रो उपाय हो । यसका लागि पानीमा केही थोपा कागतीको रस मिसाएर बाफ लिनुहोस् । यसले छालालाई एकदमै फाइदा हुनेछ ।

मुल्तानी मिट्टी र तुलसीको सहयोगले पनि अनुहारमा भएका दाग घटाउन सकिन्छ । यसले छालामा भएका अन्य समस्यामा पनि काम गर्दछ । मुल्तानी मिट्टी र तुलसीको पातबाट रस निकाली यसको मिश्रण तयार गरेर अनुहारमा फेस प्याक जसरी लगाउने गरेमा फाइदा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved