महानगर प्रहरी प्रमुख राजु पाण्डेको सम्पत्ति छानबिन गर्न फुटपाथ व्यापारीको माग

उनीहरूले महानगर प्रहरी प्रमुख राजु पाण्डेको सम्पत्ति छानबिनको माग समेत गरेका छन् । नगर प्रहरीमा रहेर उनले अनुचित लाभ लिएर अकुत सम्पत्ति कमाएको आरोप छ ।

नेपालभ्युज

महानगर प्रहरी प्रमुख राजु पाण्डेको सम्पत्ति छानबिन गर्न फुटपाथ व्यापारीको माग

काठमाडौं ।  फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीले आज पनि काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् ।

रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् ।

‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र घेराउ गरेका हुन् ।

उनीहरूले महानगर प्रहरी प्रमुख राजु पाण्डेको सम्पत्ति छानबिनको माग समेत गरेका छन् । नगर प्रहरीमा रहेर उनले अनुचित लाभ लिएर अकुत सम्पत्ति कमाएको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved