दिमागका लागि फाइदाजनक स्वासप्रश्वासको कसरत

नेपालभ्युज

दिमागका लागि फाइदाजनक स्वासप्रश्वासको कसरत

एजेन्सी । अहिलेको समयमा कामको दौडधुपले मानिस यति व्यस्त भएको छ कि उसलाई मानसिक तनाव तथा स्मरण शक्ति कमजोर हुँदै जाने जस्ता समस्या देखिन थाल्छन् ।

यस्तोमा मानसिक शान्तिका लागि तपाईं केही ब्रिदिंग यानिकी स्वासप्रस्वास सम्बन्धी कसरतहरु गर्न सक्नुहुन्छ । जसले तपाईंको मानसिक स्वास्थ्य तथा दिमागलाई स्वस्थ बनाउनेछ ।

दिमागको तनावलाई मुक्त गराउनका लागि पेटबाट गहिरो स्वास लिनुपर्दछ । यसका लागि खुट्टा मोडेर ढाड सिधा गराएर बस्नुहोस् । गहिरो स्वास लिनुहोस् जसले पेट फुल्नेछ । अब विस्तारै स्वासलाई छोड्नुहोस् । यसले रक्तसञ्चार राम्रो हुन्छ र शरीरलाई ऊर्जा मिल्छ ।

वाक्स ब्रिदिंग एक्सरसाइजमा चार गणना गर्दासम्म स्वास लिने र चार गनेर स्वास छोड्ने । यसरी नै चार गनेर स्वास तान्ने, चार गनेर रोक्ने र चार गनेर छोड्ने गर्नुपर्छ । यसो गर्नाले मन पनि शान्त हुन्छ र स्वासमा फोकस तथा सन्तुलनलाई बढावा दिन्छ ।

सामान्य स्वासप्रस्वासको कसरतका लागि सामान्य रुपमा स्वास लिने र छोड्ने गर्नुपर्छ । यसो गरिरहँदा स्वासमा ध्यानलाई केन्द्रित गराउनुपर्छ ।

काउन्टिङ ब्रिदिंग एक्सरसाइज गर्नका लागि एक गनेर स्वास तान्ने र छोड्ने गर्नुपर्छ । यसरी १० नम्बरसम्म गर्ने र गरिरहँदा स्वासप्रस्वासमै ध्यान दिने । यो रिदम मेडिटेशनलाई गर्नाले सुस्त सुस्त मन शान्त हुन थाल्छ ।

अनुलोम विलोम योगको हिस्सा हो । यसमा एक समयमा एक नाकको प्वाललाई बन्द गरेर स्वास तान्ने र अर्को प्वालबाट फाल्ने गर्नुपर्छ । यसरी दुबै नाकबाट गर्दा पनि यसले पिनास आदि जस्ता समस्याबाट पनि राहत पाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved