गाजामा एकैदिन २४ इजरायली सैनिकको मृत्यु

नेपालभ्युज

गाजामा एकैदिन २४ इजरायली सैनिकको मृत्यु
फाइल फोटो

जेरुसेलम ।  इजरायली सेनाले गाजामा भएको आक्रमणमा आफ्ना २४ सैनिक मारिएको घोषणा गरेको छ ।

यो घटना एक सय नौ दिनको युद्धमा इजरायली सेनाका लागि सबैभन्दा घातक भएको बताइएको छ ।

पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले सैनिकले दुई भवन ध्वस्त पार्न विस्फोटक बिछ्याएर तयारी गरिरहेको बेला रकेट आक्रमण भएको बताएका छन् ।

भवन भत्किँदा २१ जना र अन्य स्थानमा भिडन्तमा ३ जना सैनिक मारिएको जनाउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबारको दिन आफ्नालागि निकै कठिन भएको बताएका छन् ।

इजरायली सेनाले विज्ञप्तिमा मारिनेहरु २२–३७ वर्ष उमेरका रिजर्भ सैनिक भएको बताएको छ । यो घटना अक्टोबर सातमा गाजामा हमास विरुद्धको युद्ध सुरु भएपछिको इजरायली सेनामाथि भएको सबैभन्दा घातक हो । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved