मुलुकभर चिसो बढ्यो, आवश्यक सतर्कता अपनाउन आग्रह

नेपालभ्युज

मुलुकभर चिसो बढ्यो, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौ । समग्र मुलकभरको तापक्रम घट्दै गएको छ । यो क्रम अझै केहि दिन रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको अनुमान छ । तराईका अधिकांश स्थानमा आज पनि हुस्सु लागेको छ ।

कतिपय स्थानमा शितलहर समेत चल्ने विभागले जनाएको छ ।

चिसो बढ्दै गएपछि दैनिक जनजीवन तथा स्वास्थ्य प्रभावित हुने भएकाले आवश्यक उपाय अपनाउन आग्रह गरिएको छ । त्यस्तै हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved