प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममाथि मधेसको प्रभावशाली जित

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममाथि मधेसको प्रभावशाली जित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा मधेसले आज सुदूरपश्चिम प्रदेशलाई ८० रनले हराएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई ४४.५ ओभरमा २३९ रनमा अलआउट गर्दै मधेसले २ अंक थपेको हो ।

सुदूरपश्चिमका नरेन भट्टले शतकीय पारी खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । उनले १२२ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १२१ रन बनाए।

मधेसका राजेश यादव र प्रदिप पासवानले ३–३ विकेट लिए। रंजित कुमारले २ तथा पवन सराफ र हरिशंकर शाहले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा ३१९ रन बनाएको थियो । मधेसका मयन यादवले शतक प्रहार गरे । उनले १२८ बलमा ८ चौका र २ छक्का मद्दतमा ११५ रन बनाए।

पवन सराफले ७० र अनिल साहले ६९ रनको योगदान गरे । सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए।

जितसँगै मधेस तेस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम भने चौथो स्थानमा झरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved