अयोध्याको राममन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न, प्रधानमन्त्री मोदी मुख्य यजमान

प्राण प्रतिष्ठाका बेला भारतीय वायुसेनाको हेलिकोप्टरबाट मन्दिरमा पुष्प वर्षा गरिएको थियो । कार्यक्रमका लागि भारतका सयौं नामी हस्तीहरूलाई आमन्त्रण गरिएको थियो । मन्दिर परिसरमा हजारौं भक्तजन भेला भएका छन् ।

नेपालभ्युज

अयोध्याको राममन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न, प्रधानमन्त्री मोदी मुख्य यजमान

काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो १२ बजेर २९ मिनेटको साइतमा मुख्य पूजा सुरू गरेका थिए । अहिले उक्त पूजा सम्पन्न भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्राण प्रतिष्ठाका बेला प्रधानमन्त्री मोदीले रामको मूर्तिमा फूल र वस्त्र अर्पण गरेका थिए । मोदी प्राण प्रतिष्ठाका मुख्य यजमान हुन् ।

उक्त अवसरमा गर्भगृहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, राष्ट्रिय स्वयम्‌सेवक सङ्घका प्रमुख मोहन भागवत्‌लगायत उपस्थित रहेका थिए ।

प्राण प्रतिष्ठाका बेला भारतीय वायुसेनाको हेलिकोप्टरबाट मन्दिरमा पुष्प वर्षा गरिएको थियो ।  कार्यक्रमका लागि भारतका सयौं नामी हस्तीहरूलाई आमन्त्रण गरिएको थियो । मन्दिर परिसरमा हजारौं भक्तजन भेला भएका छन् ।

सोनू निगम, अनुराधा पौड्याल, शंकर महादेवनजस्ता गायक-गायिकाले कार्यक्रममा भजन गाएका छन् ।

बीबीसी हिन्दीका अनुसार कर्नाटकको पत्थरबाट रामको मुख्य मूर्ति निर्माण गरिएको हो । यो मूर्ति अरुण योगीराज नामका व्यक्तिले बनाएका हुन् । मन्दिरको जग एकहजार वर्षसम्म केही नहुने गरी तयार पारिएको छ ।

६ हजार मानिसले एकैपटक जुत्ता, चप्पल र मोबाइल बाहिर राखेर रामको दर्शन गर्न मिल्नेगरी मन्दिर परिसरमा केन्द्र तयार पारिएको बताइएको छ ।

मन्दिरमा रामको मूर्ति

अयोध्यामा नवनिर्मित राममन्दिर

प्राण प्रतिष्ठा विधि गर्दै प्रधानमन्त्री मोदी

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved