तराईमा बाक्लो हुस्सु, उच्च पहाडी भेगमा हिमपात हुँदा मुलुकभरको तापक्रम घट्यो

नेपालभ्युज

तराईमा बाक्लो हुस्सु, उच्च पहाडी भेगमा हिमपात हुँदा मुलुकभरको तापक्रम घट्यो

काठमाडौ । मुलुकका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्ला केही दिन यता तराईमा हुस्सु कुहिरो लाग्ने क्रम निरन्तर जारी छ ।

आज पनि बिहानैदेखि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । केहि स्थानमा कुहिरो लागेको महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्ने छ ।

मौसमबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved