एजेन्सी । पृथ्वीराज कपूरका छोरा राज कपूरले बलिउडको फिल्मी संसारमा एकदमै धेरै नाम कमाए । अभिनेतासँगै उनले निर्देशक भएर पनि काम गरे । निर्देशकको रुपमा राज कपूरको पहिलो फिल्म ‘आग’ थियो ।
‘आग’ पछि उनले फिल्म ‘बरसात’ पनि निर्देशन गरे । दुवै फिल्ममा उनीसँग नरगिसले अभिनय गरेकी थिइन् र शुटिंगका क्रममा उनले नरगिसलाई आफ्नो मनमुटु दिए ।
राज कपूर र नरगिसले एकअर्कालाई एकदमै धेरै माया गर्न थालेका थिए । राज कपूर विवाहित थिए । सन् १९४६ मा कृष्णा राज कपूरसँग उनको विवाह भइसकेको थियो ।
विवाहित भएका कारणले राज कपूर र नरगिसको प्रेमले सफलता प्राप्त गर्न सकेन । त्यसपछि नरगिसले अर्का साथी कलाकार सुनील दत्तसँग विवाह गरिन् ।
यही प्रेम बिर्सन नसकेर राज कपूर यति पिडामा पुगेका थिए कि उनी कहिलेकाँही बाथटबमै बसेर रुने गर्थे ।
Facebook Comment
Comment