प्रधानमन्त्री कप क्रिकेट : गण्डकीविरुद्ध कोशी मात्र २५ रनमा अलआउट

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीविरुद्ध कोशी मात्र २५ रनमा अलआउट

काठमाडौं ।  प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीविरुद्ध कोशी प्रदेश जम्मा २५ रनमा अलआउट भएको छ । जारी प्रतियोगितामा यो सबैभन्दा कम स्कोर हो ।

मूलपानी क्रिकेट मैदानमा १६८ रनको लक्ष्य पछ्याएको कोशी १५.२ ओभरमा २५ रनमै प्याक भयो । र गण्डकीले १४२ रनको फराकिलो अन्तरले जित हासिल गर्यो ।

गण्डकीका विपीन खत्रीले घातक बलिङ गर्दै ६ विकैट लिएपछि कोशीले लज्जास्पद हार व्यहोरेको हो ।

कोशीका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । अंकित सुवेदीले बनाएको ८ रननै कोशीका खेलाडीको सर्वाधिक स्कोर थियो ।

विपीनले सात ओभरको स्पेलमा मात्र ४ रन दिएर ६ विकेट लिए । सन्दीप पराजुलीले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको गण्डकी १० बलअगाडी नै १६७ रनमा अलआउट भएको थियो ।

गण्डकीका मुस्कान थापाले सर्वाधिक ६७ रन बनाए । यस्तै विपीन खत्रीले ४२ रनको योगदान गरे ।

कोशीका अभ्यास तिमिल्सिनाले ६ विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved