पाकिस्तानी विदेश मन्त्रालयले आफ्नो मुलुकमा रक्तपात मच्चाउने आतंकवादीलाई ईरानले शरण दिइरहेको भन्दै सोही स्थानमा आक्रमण गरेको बताएको थियो । मन्त्रालयले यसमा आतंकवादी मारिएको दाबी पनि गरेको थियो ।
ईरानको बलूचिस्तानमा सक्रिय अतिवादी संगठन बीएलएले पाकिस्तानले आक्रमण गरेको क्षेत्रमा आफ्नो पकड नभएको प्रतिक्रिया दिएको छ।
ईरानमा आक्रमण गरेपछि पाकिस्तानी सेनाले आक्रमणका क्रममा ड्रोन, रकेट र अन्य हतियार प्रयोग गरिएको उल्लेख गरेको थियो ।
त्यसअघि ईरानले आतंकवादी रहेको भन्दै पाकिस्तानमा मिसाईल प्रहार गरेको थियो । मंगलबार ईरानले पाकिस्तानको बलूचिस्तानमा आक्रमण गरेर जैश अल अदल नामको संगठनका कार्यकर्ता मारेको दाबी गरेको थियो ।
पाकिस्तानले यसलाई आफ्नो सार्वभौमसत्तामाथिको आक्रमण भएको बताएको थियो । पाकिस्तानले ईरानबाट आफ्ना राजदूतलाई समेत फिर्ता बोलाइसकेको छ। बदलामा पाकिस्तानले ईरानको बलूचिस्तानमा आक्रमण गरेको हो ।
Facebook Comment
Comment