प्रधानमन्त्री कप क्रिकेट :

सुदूरपश्चिमले दियो गण्डकीलाई २०२ रनको लक्ष्य, किरण ठगुन्नाको अर्धशतक

नेपालभ्युज

सुदूरपश्चिमले दियो गण्डकीलाई २०२ रनको लक्ष्य, किरण ठगुन्नाको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २०२ रनको लक्ष्य दिएको छ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर अलआउट हुनु अगाडि २०१ रन बनाएको हो।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले अर्धशतकीय पारी खेले। उनले ७३ बलमा ५ चौका प्रहार गर्दै ६० रन बनाए। नारायण जोशीले भने ४६ रन जोडे।

गण्डकीका लागि विपिन खत्री र अंकित न्यौपानेले ३–३ विकेट लिए। कमल परियार र अमृत गुरुङले भने २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved