अचानक जिम छोड्दा शरीरमा हुने असर

नेपालभ्युज

अचानक जिम छोड्दा शरीरमा हुने असर

एजेन्सी । कसरतले शरीरलाई फिट राख्न सहयोग गर्छ । तर, कतिपय मानिस एक दुई महिना कसरत गरेर वा जिम गएर त्यसलाई निरन्तरता दिँदैनन् ।

उनीहरु अचानक जिम जान छोड्छन् जसले गर्दा शरीरमा विभिन्न नोक्सानी हुन सक्छ । त्यसबारेमा आज जानौं ।

  • अचानक जिम जान छोड्दा शरीरको रक्तचाप बढ्न थाल्छ । यसले मुटुसँग जोडिएका रोगको खतरा बढेर जान्छ ।
  • जिम छोडेको एक हप्ताभित्र शरीरमा थकावट महसुस हुन थाल्छ । जसले गर्दा केही सिँढी चढ्दा पनि स्वास फूल्न थाल्छ ।
  • कसरतलाई बीचमा अचानक छोड्दा मांसपेशी कमजोर हुन थाल्छन् । जसले गर्दा शरीरको सहनशक्ति पनि कम हुँदै जान्छ ।
  • अचानक जिम छोड्नाले शरीरको तौल पनि बढ्न थाल्छ । तर तपाईंले खानपानलाई विशेष ध्यान दिनुभयो भने त्यसो नहुन पनि सक्छ ।
  • कसरतले शरीरसँगै दिमागलाई पनि स्वस्थ राख्ने काम गर्छ । त्यसैले अचानक कसरत गर्न बन्द गर्दा तपाईंको मस्तिष्कलाई पनि नराम्रो असर गर्दछ ।
  • जिमलाई बिचमै छोड्नाले मुटुलाई एकदमै नोक्सान हुन्छ । यसले हृदयघातको खतरा पनि बढ्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved