एक वर्षभन्दा कम उमेरका शिशुलाई किन खुवाउनुहुँदैन गाईको दुध ?

नेपालभ्युज

एक वर्षभन्दा कम उमेरका शिशुलाई किन खुवाउनुहुँदैन गाईको दुध ?

एजेन्सी । नवजात शिशुलाई खासगरी ६ महिना नाघेका बच्चालाई के खुवाउने-के नखुवाउने भनेर हरेक बाबुआमा चिन्तित हुन्छन् । ६ महिना नाघिसकेको बच्चाका लागि आमाको दुधले मात्र पुग्दैन । जसले गर्दा बच्चालाई अन्य खानेकुरा पनि खुवाउनुपर्ने हुन्छ ।

कतिपयले बच्चाको पेट भर्न गाई वा डब्बाको दुध खुवाउन सुरु गर्छन् । तर, डाक्टरले भने एक वर्ष मुनीको बच्चालाई गाईको दुध खुवाउन नहुने बताउँछन् । आउनुहोस यसको कारण जानौं ।

विशेषज्ञका अनुसार एक वर्ष भन्दा साना बच्चालाई गाईको दुध खुवाउँदा उनीहरुको आन्द्रामा रक्तश्रावको खतरा बढ्छ । किनकी गाईंको दुधमा एकदमै धेरै प्रोटिन र मिनरल्स हुन्छ, जसको सेवनले बच्चाको मिर्गौलामा पनि दबाब पर्छ र उनीहरुलाई पेट दुख्ने, ज्वरो आउने तथा अन्य गम्भीर बिरामीको खतरा बढ्छ ।

अमेरिकन एकेडमी अफ पीडियाट्रिक्सले एक वर्ष भन्दा साना बच्चालाई गाईको दुध नखुवाउन भनेको छ । एएपीको अध्ययनअनुसार, गाईको दुधमा उचित मात्रामा आइरन, भिटामिन सी र अन्य पोषक तत्वको कमी हुन्छ, जुन कुरा शिशुलाई एकदमै आवश्यक हुन्छ ।

यस्तोमा शिशुलाई गाईको दुध खुवाउँदा आइरनको कमीले एनीमियाको समस्या पनि हुन सक्छ । गाईको दुधको प्रोटिनले पेट तथा आन्द्रामा जलन पैदा हुन्छ जसले गर्दा दिशाबाट रगत आउने समस्या हुन सक्छ ।

कतिपय वैज्ञानिकले गाईको दुध खुवाउँदा बच्चामा एलर्जीको समस्या पनि देखिने गरेको बताएका छन् । पछि गएर यस्ता व्यक्तिमा जीवनभरी नै एलर्जी देखिएको उनीहरुको तर्क छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved