काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिने अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा परेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्ला पाँच महिनामा वाणिज्य बैंकमध्ये नबिल सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंक बनेको हो ।
चालु आवको मंसिर अन्तसम्म आइपुग्दा नबिल बैंकले २ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यसैगरी सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंकको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकले पनि पाँच महिनामा अवधिमा २ अर्ब ७४ करोड खुद नाफा गरेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पाँच महिनामा वाणिज्य बैंकले खुद नाफा २८ अर्ब ३६ करोड रुपैयाँ कमाएका छन् ।
यस्तै प्राइम कमर्सियल बैंकले एनआईसी एसिया बैंकलाई उछिन्दै यस अवधिमा १ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा गरेको छ । एनआईसी एसिया बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।
यस्तै, हिमालयन बैंकले १ अर्ब ८० करोड, प्रभु बैंकले १ अर्ब ४९ करोड, एनएमबि बैंकले १ अर्ब ४५ करोड, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ४१ करोड, एभरेष्ट बैंकले १ अर्ब ४० करोड, कुमारी बैंकको १ अर्ब ३० करोड, सिद्धार्थ बैंक १ अर्ब २५ करोड, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब २२ करोड, नेपाल बैंक लिमिटेडले १ अर्ब २१ करोड र सानिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
यस्तै, यस अवधिमा नेपाल एसबिआई बैंकले ९१ करोड ६३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंक ८९ करोड ८० लाख, माछापुच्छ्रे बैंकले ७६ करोड २७ लाख र सिटिजन्स इन्टरनेशनल ७४ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
यस अवधिमा सबैभन्दा कम खुद नाफा कृषि विकास बैंकले गरेको छ । यस अवधिमा यस बैंकले १२ करोड ५० लाख रुपैयाँ मात्रै कमाएको छ ।
Facebook Comment
Comment