एमालेको प्राथमिकता सरकार होइन : महासचिव पोखरेल

नेपालभ्युज

एमालेको प्राथमिकता सरकार होइन :  महासचिव पोखरेल

राँझा । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले हाम्रो प्राथमिकतामा सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ ।” वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिका यात्रामा ध्यान दिन उनले सुझाव दिए ।

कम्युनिष्ट पार्टीबीच तत्काल पार्टी एकताको सम्भावना नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले भने, “विगतमा सकारात्मक सोंचका साथ पार्टी एकता भएको थियो तर सफल हुन सकेन, अब नेतानेताको असफल एकताको पछि होइन कार्यकर्ता र जनताको एकता गर्दै पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न लागिपरेका छौँ ।”

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, खेममान खड्का, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य ढकाललगायत सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved