राष्ट्रियसभा निर्वाचन : उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ ।

आयोगले तोकेको सीमाअनुसार राष्ट्रियसभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका हुन् ।

आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।

उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्त गर्नुपर्नेछ ।

राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved