इजरायलको बमबारीका कारण गाजाको एकै घरमा २० जनाको मृत्यु

नेपालभ्युज

इजरायलको बमबारीका कारण गाजाको एकै घरमा २० जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाको बम प्रहारबाट एकै घरमा रहेका २० जनाको मृत्यु भएको हो ।

इजरायली आक्रमणबाट अल–दराज नजिकै रहेको घरमा २० जनाको शव फेला परेको प्यालेस्टाइनको सरकारी टिभीले जनाएको छ ।

इजरायली बमबारीका कारण गाजामा दिनहुँ सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । गाजा शहरको मध्य क्षेत्रमा रहेको अल–दराजमा भिडन्त जारी रहेको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved