काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुखद सुरुवात गरेको छ।
मूलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । १२८ रनको सामान्य लक्ष्य मधेसले २०.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो।
मधेसका लागि अनिल साहले अर्धशतकीय पारी खेले। उनले ५४ बलमा १४ चौका र ३ छक्का प्रहार गर्दै ८८ रन बनाए। उनले ३५ बलमा अर्धशतक पुरा गरे। कप्तान हरिशंकर शाहले भने २४ रन बनाए। कोशीका लागि सोनु मन्डलले २ तथा सुजन थपलियाले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा १२७ रनमा अलआउट भयो। कोशीका लागि फिर्दोश अन्सारीले ४१ र अंकित सुवेदीले ४० रन बनाए। अन्य ५ खेलाडीले दोहोरो अंक बनाउन सकेनन् भने २ खेलाडी डगआउट भए।
कोशीलाई सस्तैमा प्याक गर्न मधेसका प्रदिप पास्वानले ३, पवन सराफ, रंजित कुमार, र राजेश यादवले २–२ तथा विशाल पटेलले १ विकेट लिए।
Facebook Comment
Comment