प्रधानमन्त्री कप : कोशीले दियो मधेसलाई १२८ रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कप : कोशीले दियो मधेसलाई १२८ रनको लक्ष्य

काठमाडौं । पुरुष प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई १२८ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा १२७ रनमा अलआउट भएको हो।

कोशीका लागि फिर्दोश अन्सारीले ४१ र अंकित सुवेदीले ४० रन बनाए। अन्य ५ खेलाडीले दोहोरो अंक बनाउन सकेनन् भने २ खेलाडी डगआउट भए।

कोशीलाई सस्तैमा प्याक गर्न मधेसका प्रदिप पास्वानले ३, पवन सराफ, रंजित कुमार, र राजेश यादवले २–२ तथा विशाल पटेलले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved