शीर्ष तीन नेतालाई बोलाएर राष्ट्रपतिले भने- व्यवस्थालाई सुदृढ बनाउन मिलेर अघि बढ्नुस्

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई मिलेर अघि बढ्न सुझाव दिएका छन् ।

नेपालभ्युज

शीर्ष तीन नेतालाई बोलाएर राष्ट्रपतिले भने- व्यवस्थालाई सुदृढ बनाउन मिलेर अघि बढ्नुस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई मिलेर अघि बढ्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएर उनले यस्तो सुझाव दिएका हुन् ।

राष्ट्रपति पौडेलले शुक्रबार शीतलनिवासमा बोलाएर उनीहरुलाई संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले दलहरूले आफूहरुले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानूनहरु पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved