काठमाडौं । माघे संक्रान्तीको अवसरमा थारु कल्याणकारी सभाको अगुवाइमा थारु समुदायले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउने भएको छ । माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो बारेमा जानकारी गराएको हो । माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् ।
यसवर्ष थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान भन्ने नारासहित माघी पर्व मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमिलाल चौधरीले बताए ।
उनले थारु सांस्कृतिक झाँकी, थारु सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री हुने बताए ।
महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने बताए ।
Facebook Comment
Comment