प्रधानमन्त्री भन्छन् : भारतले सिधै २० करोड दिने सम्झौतामा यसअघिका सरकार पनि जिम्मेवार छन्

नेपालभ्युज

प्रधानमन्त्री भन्छन् : भारतले सिधै २० करोड दिने सम्झौतामा यसअघिका सरकार पनि जिम्मेवार छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा सिधैं खर्च गर्न पाउनेगरी भएको सम्झौतामा यसअघिका सरकार पनि जिम्मेवार रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यसअघिका सबै सरकार यो सम्झौतामा संलग्न रहेको उदाहरणसमेत दिए ।

‘यो अहिले आएर भएको सम्झौता होइन’, उनले भने, ‘२००३ देखिको निरन्तरता हो । अहिलेसम्मका सबै सरकार यसमा संलग्न छन् ।’

प्रधानमन्त्रीले भारत मात्र नभएर अन्य देशहरूले पनि नेपालमा सिधै खर्च गर्ने गरेको दाबीसमेत गरे । पहिले पाँच करोड आउने गरेकोमा बढेर अब २० करोड आउँदा कसरी राष्ट्रघात हुन्छ भन्दै प्रधानमन्त्रीले प्रश्न गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved