काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएको छ ।
नेपाल र भारतबीच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी लिन समितिले प्रधानमन्त्री दाहाललाई बैठकमा बोलाएको हो । समितिको बैठक बिहान ११ बजे बस्ने छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताका विषयमा सर्वत्र प्रश्न उठेपछि समितिले प्रधानमन्त्रीसँग सोधपुछ गर्न लागेको हो ।
सबैतिर आलोचना बढेपछि समिति र सांसदहरूको चासोमा प्रधानमन्त्री दाहाल आफैँ उपस्थित भएर जवाफ दिन लागेका हुन् । भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सीधै समुदायमा गएर सञ्चालन गर्न सक्ने सम्झौतामाथि सबैभन्दा बढि आलोचना भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दै छ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने कार्यसूची छ ।
Facebook Comment
Comment