एजेन्सी । नासपति गर्भवती महिलाहरुका लागि पोषक तत्व प्राप्त गर्ने राम्रो स्रोत मानिन्छ । यसको सेवनले मधुमेह, प्रीक्लेम्पसिया र कब्जियतको खतरा कम हुन्छ ।
गर्भावस्थाका क्रममा नासपतिको सेवनले महिलाहरुको रक्तचाप पनि नियन्त्रित रहन्छ । नासपतिमा फोलेट पाइन्छ । यो बच्चाको विकासका लागि पनि एकदमै महत्वपूर्ण तत्व हो र स्वस्थ बच्चा जन्माउन सहयोग गर्छ ।
नासपतिमा पाइने फाइबरले गर्भावस्थामा हुने कब्जियतको समस्याबाट महिलाहरुलाई जोगाउँछ । नासपतिमा पानीको मात्रा पनि अत्यधिक हुन्छ । जसले गर्दा गर्भवती महिलालाई हाइड्रेट राख्न पनि सहयोग गर्छ ।
यसमा पाइने एमिनोटिक फ्लुइड बच्चाको विकासका लागि सहयोगी हुन्छ । कम क्यालोरीको फल भएकाले यसको सेवनले महिलाको तौल पनि बढ्दैन । साथमा भरपूर मात्रामा पोषक तत्व पनि प्राप्त हुन्छ ।
नासपतिमा प्राकृतिक मिठो वा गुलियोपन हुन्छ । जसले गर्दा गर्भावस्थाको क्रममा गुलियो खाने तलतल पनि मेटाउँछ । साथमा शरीरमा चिनीको मात्रा पनि बढ्दैन जसले गर्दा रगतमा चिनीको मात्रा नियन्त्रित रहन्छ ।
Facebook Comment
Comment