उम्मेदवार छनोटमा भएका कमजोरी थाँती राखेर गठबन्धनका उम्मेदवार जिताऔँ : नेता सिटौला

नेपालभ्युज

उम्मेदवार छनोटमा भएका कमजोरी थाँती राखेर गठबन्धनका उम्मेदवार जिताऔँ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा उम्मेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताएका छन् ।

सोमबार राष्ट्रियसभा चुनावका लागि कोशी प्रदेशमा मनोनयन दर्ता गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेसलै राष्ट्रिय सभा उम्मेदवार छनोट गरेको बारेमा आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने बताए ।

उनले भने ‘राति अबेर निर्णय भयो कसरी भयो थाहा छैन, मैले सही कुरा बुझ्न पाएको छैन । आजको दिनमा गठबन्धनबाट नेपाली कांग्रेसहित गठबन्धनका साथीहरुले एकजुट भइ उम्मेदवारी दर्ता गराएका छौँ । हामी गठबन्धन एक भएर निर्वाचनमा लड्छौँ । उम्मेदवार छनोट गर्दा निर्णय प्रक्रियामा जे जति भएका छन्, त्यसलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नेछौँ ।’

सिटौलाको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved