कर्णाली प्रदेशमा एमालेको उम्मेदवारी दर्ता

नेपालभ्युज

कर्णाली प्रदेशमा एमालेको उम्मेदवारी दर्ता

सुर्खेत । राष्ट्रिय सभाको लागि नेकपा एमाले कर्णाली प्रदेशका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

तीन सिटका लागि कर्णालीमा एमालेले तीनै जना उम्मेदवार खडा गरेको छ । जस अन्तर्गत महिला कोटाबाट हुम्लाकी विमलाकुमारी शाही अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार बनेका छन् ।

उम्मेदवारी दर्ता गर्न जाँदा स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेश स्तरीय सबै नेताहरु निर्वाचनको कार्यालयमा पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved