कर्णालीमा गठबन्धनका उम्मेदवारले दर्ता गराए एकसाथ उम्मेदवारी

नेपालभ्युज

कर्णालीमा गठबन्धनका उम्मेदवारले दर्ता गराए एकसाथ उम्मेदवारी

सुर्खेत। राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका हुन् ।

तीन वटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एक-एक सिट परेको छ ।

जसअन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया (रुकुमपश्चिम)ले उम्मेदवारी गराएका छन् ।

उम्मेदवारी दर्ता कार्यक्रमका सम्बन्धित पार्टीका प्रदेश अध्यक्ष लगायतका नेता, कार्यकर्ताहरु पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved