तामझामका साथ उम्मेदवारी दर्ता गराउन गएका उम्मेदवारको भेटिएन मतदाता नामावली, यत्तिकै फर्किए

नेपालभ्युज

तामझामका साथ उम्मेदवारी दर्ता गराउन गएका उम्मेदवारको भेटिएन मतदाता नामावली, यत्तिकै फर्किए
उम्मेदवार अर्जुनसिंह राजपुत एमाले अध्यक्ष केपी शर्मा ओलीसँग (फाइल फोटो)

काठमाडौं । फूलमाला लगाएर कार्यकर्तासहित तामझामका साथमा उम्मेदवारी दर्ता गराउन पुगेका एक उम्मेदवारको मतदाता नामावलीमै नाम नभएपछि फर्किएका छन् ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपूतको मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किएका हुन् ।

मधेश प्रदेशमा अन्य समूहबाट राजपुत उम्मेदवारी दिन पुगेका थिए । अब उनको उम्मेदवारी नहुने भएपछि उनको स्थानमा अर्का उम्मेदवार बनेका छन् ।

एमालेले विजेता झालाई नयाँ उम्मेदवार बनाएको छ । झाले उम्मेदवारी दर्ता गराउँछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved