काठमाडौं । मुलुकका पूर्वी भेगमा आज आंशिक बदली हुने छ । कोसी र मधेस प्रदेशका केही स्थानमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
आज पनि तराईका अधिकांश भू–भागमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपात हुने छ ।
बिहानीपख लागेको हुस्सु कुहिरो मध्यान्ह सम्ममा क्रमिक सुधार हुँदै जाने छ । दैनिक जनजीवन, स्वास्थ्य तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरु तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
Facebook Comment
Comment