विमान दुर्घटनामा जर्मनीका चर्चित अभिनेता क्रिश्चन ओलिवर र दुई छोरीको मृत्यु

नेपालभ्युज

विमान दुर्घटनामा जर्मनीका चर्चित अभिनेता क्रिश्चन ओलिवर र दुई छोरीको मृत्यु

काठमाडौं । क्यारिबियन क्षेत्रमा भएको एक विमान दुर्घटनामा जर्मनीका चर्चित अभिनेता क्रिश्चन ओलिवर र उनका दुई छोरीको मृत्यु भएको छ ।

स्पीड रेसर र वाल्किरी फिल्मका स्टार ओलिवर सेन्ट विन्सेन्ट एन्ड ग्रेनेडाइन्सबाट लुसिया जाने विमानमा सवार रहेको बीबीसीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार टेक अफ गर्नासाथ विमानमा समस्या आएको थियो र पछि समुद्रमा खसेको थियो । ओलिवर ५१ वर्षका थिए ।

उनका दुई छोरी १० वर्षीया मेडिटा र १२ वर्षीया अनिकको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा विमानका पाइलट समेत रहेका मालिक अमेरिकी नागरिक रोबर्ट सैक्सको पनि ज्यान गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved