राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन दल बीचमै सिट बाँडफाँट हुने

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन दल बीचमै सिट बाँडफाँट हुने

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए ।

उनले सरकारमा सहभागी दलहरुको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए ।

प्रमुख सचेतक लेखकले देशभरको मत स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलबीच बाँडफाँट हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved