राष्ट्रियसभा निर्वाचन : एमालेमा कोशीबाट ७ र लुम्बिनीबाट ६ जनाको नाम सिफारिस (सूचीसहित)

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : एमालेमा कोशीबाट ७ र लुम्बिनीबाट ६ जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एमालेबाट कोशीमा ७ र लुम्बिनीमा ६ जनाको नाम सिफारिस भएको छ ।

एमाले कोशी प्रदेश कमिटीको पदाधिकारी बैठकले ४ पुरुष र ३ महिला गरी सात जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले ३ महिला र ३ पुरुष गरी ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको हो ।

एमालेका अनुसार कोशीबाट भोजपुरका परशुराम अधिकारी, झापाका उमानाथ ओली, खोटाङका कर्ण घले, झापाका हरिशचरण बानिँयाको नाम सिफारिस भएको छ । त्यस्तै महिलातर्फ रुकमिणी कोइराला, मेचिमाया धिमाल र रोशनी मेचेको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा कोशीमा दुई सिटका लागि चुनाव हुँदै छ ।

एमाले लुम्बिनीबाट पाल्पाका झपेन्द्र जीसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरुङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मा सिफारिसमा परेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved