बालकुमारी घटना : छानबिन गर्न गठित आयोगका अध्यक्ष र सदस्यलाई सरकारले तोक्यो सुविधा

नेपालभ्युज

बालकुमारी घटना : छानबिन गर्न गठित आयोगका अध्यक्ष र सदस्यलाई सरकारले तोक्यो सुविधा

काठमाडौं। बालकुमारी घटनामा छानबिनका लागि गठित जाँचबुझ आयोगका अध्यक्ष र सदस्यहरुका लागि सरकारले सुविधा तोकेको छ । आयोगका अध्यक्षलाई राज्यमन्त्रीसरह र सदस्यलाई सचिवसरहको सेवा सुविधा दिइएको हो ।

आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल रहेका छन् । त्यस्तै सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराई छन् ।

आयोगका अध्यक्ष पौडेलले आफूले पाउने पारिश्रमिकको ५० प्रतिशत भत्ता र सवारी चालक, इन्धन र सवारी साधनबापतको रकम पाउनेछन् ।

आयोगका सदस्यलाई राजपत्रांकित विशिष्ट श्रेणी सरहको पारिश्रमिक एवम उक्त पारिश्रमिकको ५० प्रतिशत भत्ता र सवारी चालक, इन्धन र सवारी साधनबापत मासिक ७० हजार रूपैयाँ नै उपलब्ध गराइनेछ ।

पुस १३ गतेका दिन ललितपुर महानगरपालिका–८ बालकुमारीमा भएको घटनानको सम्बन्धमा निष्पक्ष र वस्तुगत छानबिन गर्नका लागि जाँचबुझ आयोगलाई कार्यादेश दिएको छ ।

इपीएस भाष परीक्षामा आवेदन हाल्नुपर्ने माग गर्दै बालकुमारीमा भएको प्रदर्शनमा दुई युवामा ज्यान गएको थियो । सो घटनाको जाँचबुझ गर्न सरकारले आयोग गठन गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved