इजरायली हमलामा मारिएका नेता अरौरीको अन्त्येष्टीमा हजारौंको सहभागिता, बदला लिने हमासको चेतावनी

नेपालभ्युज

इजरायली हमलामा मारिएका नेता अरौरीको अन्त्येष्टीमा  हजारौंको सहभागिता, बदला लिने हमासको चेतावनी

काठमाडौं । दुई दिनअघि लेबनानको राजधानी बेरुतमा इजरायली हमलामा मारिएका हमासका शीर्ष नेता सालेह अल–अरौरीको भव्य अन्त्येष्टि गरिएको छ । बेरुतमा भएको अन्त्येष्टिमा हजारौं सर्वसाधारण सहभागी भएका छन् ।

अरौरीको तस्बिरसहितको ब्यानर बोकेको भिडले उनको मृत्युको बदला लिने वाचा गरेको छ । प्यालेस्टिनी र हमासका झण्डाहरू सडकमा राखिएका थिए । संगीत, प्रार्थना र बन्दुकको आवाजसहित शव ¥याली गरिएको छ ।

अन्त्येष्टिमा सहभागी हमासका नेताहरुले बदलाका लागि आफुहरु तयार रहेको प्रतिक्रिया दिएका छन् । अनपेक्षित रुपमा भएको अरौरीको हत्यापछि हमासलाई ठूलो शोक परेको छ ।

अरौरीं हमासका उपनेतासहित अल कसाम ब्रिगेडका प्रमुख थिए । हमासको शक्ति विस्तारमा अरौरीको भूमिका उच्च मानिन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved