हिमाली भेगमा हिमपात, तराईमा हुस्सु

नेपालभ्युज

हिमाली भेगमा हिमपात, तराईमा हुस्सु

काठमाडौं । आज मुलुकका अधिकांश पहाडी भेगमा आंशिक बदली रहने छ । पूर्वी र मध्य हिमाली क्षेत्रमा भने हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराईका जिल्लामा आज पनि विहानैदेखि हुस्सु र कुहिरो लागेको छ । केहि दिन यता मुलुकभरको तापक्रम निरन्तर ओरालो लाग्ने क्रममा छ ।

चिसो बढ्दै जाँदा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved