काठमाडौं । सत्ता गठबन्धन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको छ ।
गठबन्धनमा आबद्ध दलका नेताहरुसँगको बैठकमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए ।
सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरुको बैठकपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच फेरि ‘वान टू वान’ वार्ता भएको छ ।
गठबन्धनको बैठक सकिनेबित्तिकै ओली बालुवाटार पुगेका हुन् । राष्ट्रिय सभामा भागबन्डा मिलाउने विषयमा सहमति खोज्न ओली बालुवाटार गएका हुन् ।
हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको छलफलमा राष्ट्रिसयभामा एमालेलाई पनि समेट्नेबारे छलफल भएको छ ।
एमालेसँगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत गठबन्धन दलका शीर्ष नेताहरु सहभागी थिए।
Facebook Comment
Comment