काठमाडौं । पुस २० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नवौं नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।
मेला तीन दिन सञ्चालन हुनेछ । मेलाबारे जानकारी दिँदै मिडिया स्पेस सोलुसन्ल प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी हामीले नेपालबाट मिडिया स्पेस सोलुसन्ल प्रा.लि. र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि.ले गर्न लागेको बताए ।
उनले विगत आठ वर्षदेखि सहकार्य गर्दै मेला सञ्चालन गरिरहेको बताए । उनले मेलामा स्वदेशी तथा विदेशी गरी एक सय भन्दा बढी स्टलहरु रहने जानकारी दिए।
प्रबन्ध निर्देशक भट्टराईले फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी आयोजना गरिएको बताए । अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरु रहने छ ।
यो प्रदर्शनीमा भारतका कम्पनीहरुको सहभागिता अलि बढी छ । ४० प्रतिशत कम्पनी नेपालका र ६० प्रतिशतमा भारत, चीन,ताइवान, मलेसियाको पनि केही कम्पनी छन् ।’
प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु¥याउने आयोजकको विश्वास रहेको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति , नेपालका दिग्गज आर्किटेक्ट, इन्जीनीयर्स तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने बताइएको छ ।
प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन माध्यम बनाउने आयोजकको भनाइ छ ।
Facebook Comment
Comment