राष्ट्रियसभा निर्वाचन : कांग्रेसलाई ९ र माओवादीलाई ६ सिट, एकीकृत समाजवादी र जसपालाई कति ?

नाउपा, लोसपा र जनमत पनि सिट पाउने आशमा

दुई दलबीच भएको सहमतिलाई दिउँसो ३ बजे बस्ने सत्तागठबन्धनको बैठकमा पेस गर्ने र अरु दलले स्वीकारे त्यसैअनुसार अघि बढ्ने पनि सहमति भएको जनाइएको छ ।

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : कांग्रेसलाई ९ र माओवादीलाई ६ सिट, एकीकृत समाजवादी र जसपालाई कति ?

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच करिब–करिब सहमति भएको छ । बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको दुई दलका नेताहरुबीचको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारबारे करिब–करिब सहमति भएको हो ।

दुई दलबीच १९ सीटमध्ये कांग्रेसलाई ९, माओवादीलाई ६, नेकपा एसलाई ३ र जसपालाई १ सीट दिने सहमति भएको बताइएको छ । जसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सीट पनि कांग्रेसकै हुनेछ।

त्यस्तै, प्रतिपक्षी दल नेकपा एमालेलाई पनि भाग दिएर मिलाउने प्रयास भइरहेको छ । एमालेलाई पनि भाग दिने विषयमा कांग्रेस–माओवादी सकारात्मक छन् । यद्यपि, गठबन्धनमा सहभागी अरु दलले भने कांग्रेस–माओवादीको उक्त प्रस्ताव स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने अन्योल छ ।

दुई दलबीच भएको सहमतिलाई दिउँसो ३ बजे बस्ने सत्तागठबन्धनको बैठकमा पेस गर्ने र अरु दलले स्वीकारे त्यसैअनुसार अघि बढ्ने पनि सहमति भएको जनाइएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारको भागबन्डा मिलाउनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले हिजो र आज छलफल गरेका थिए ।

जसपा र एकीकृत समाजवादीले भने थप एकएक सीट पाउनुपर्ने अडान राखेका छन्। नागरिक उन्मुक्ति, लोसपा र जनमत पनि राष्ट्रिय सभामा भाग खोजिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved