बेरुतमा इजरायलले गरेको आक्रमणमा हमासका उपनेता अरौरीसहित ६ जनाको मृत्यु

नेपालभ्युज

बेरुतमा इजरायलले गरेको आक्रमणमा हमासका उपनेता अरौरीसहित ६ जनाको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा गरेको ड्रोन आक्रमणमा हमासका उप राजनीतिक नेताको मृत्यु भएको बताइएको छ ।

हमासको दोस्रो बरियतामा रहेका सालेह अल–अरौरी दक्षिणी बेरुतमा गरिएको ड्रोन हमलामा मारिएको बीबीसीले जनाएको छ ।

इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये ५७ वर्षिय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् ।

हमासविरुद्ध लेबनानमा गरेको सर्जिकल स्ट्राइकमा नेता अरोरीसहित अन्य ६ जना पनि मारिएका छन् ।

लेबनानी संचारमाध्यमका अनुसार इजरायली हमलामा हमासका दुईजना सैन्य कमाण्डरको पनि मृत्यु भएको छ ।

हमासले आफ्ना नेताको हत्याको निन्दा गर्दै लेबनानी सार्वभौमसत्तामा इजरायलले धाबा बोलेको प्रतिक्रिया दिएको छ ।

यसैबीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफुहरुलाई टकरावमा तान्न खोजेको आरोप लगाएका छन् । इजरायलले  हमास लक्षित आक्रमण गरेको भन्दै लेबनानलाई उत्तेजित नहुन  भनेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved