बालकुमारीमा ज्यान गुमाएका दुई युवाको शव सेनाको हेलिकोप्टर मार्फत गृहजिल्ला लगियो

नेपालभ्युज

बालकुमारीमा ज्यान गुमाएका दुई युवाको शव सेनाको हेलिकोप्टर मार्फत गृहजिल्ला लगियो

काठमाडौं । बालकुमारी प्रदर्शनमा ज्यान गुमाएका दुई युवाको शव नेपाली सेनाको हेलिकोप्टर मार्फत गृह जिल्ला लगिएको छ ।

मृतकका परिवारसँग सहमति भएसँगै गृहमन्त्रालयले दुवै जनाको शव गृह जिल्ला लैजाने व्यवस्थापन गरेको हो । नेपाली सेनाका स्काई ट्रक मार्फत सुर्खेतबाट दैलेख र अछाम लगिने प्रहरीले जनाएको छ ।

गत शुक्रबार इपीएस परीक्षाका विषयमा भएको प्रदर्शनमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

शाहको भने प्रहरीको गोली लागेर मृत्यु भएको हो ।

यो पनि पढ्नु होस् ।

बालकुमारी घटना : मृतकका आफन्त र सरकारबीच चार बुँदे सहमति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved