मौसम : तराईका अधिकांश भेगमा हुस्सु र कुहिरो, मुलुकभर जाडो बढ्यो

नेपालभ्युज

मौसम : तराईका अधिकांश भेगमा हुस्सु र कुहिरो, मुलुकभर जाडो बढ्यो
काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगगमा आंशिक बदली रही देशका बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ ।
तराईमा लागेको हुस्सु मध्यान्हपछि विस्तारै खुल्दै जाने महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
आज राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपात हुने छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved