प्रधानमन्त्री कप महिला क्रिकेट :

सुदूरपश्चिम दोस्रो क्वालिफायरमा, बागमती ९ विकेटले पराजित

नेपालभ्युज

सुदूरपश्चिम दोस्रो क्वालिफायरमा, बागमती ९ विकेटले पराजित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतबार भएको इलिमिनेटरमा सुदूरपश्चिमले बागमतीलाई ९ विकेटले पराजित गरेको हो।

एक सय रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमका लागि विन्दु रावलले अर्धशतकीय पारी खेलिन्। विन्दु ४९ बलमा ७ चौका प्रहार गर्दै ५४ रनमा अविजित रहिन्। सम्झना खड्काले भने अविजित २१ रन बनाइन्। बागमतीका लागि भने मनिषा उपाध्यायले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको बागमती १८.६ ओभरमा ९९ रनमा अलआउट भयो। बागमतीका लागि कन्चन श्रेष्ठले ३६ र सोनी पाख्रीनले १४ रन बनाए। सुदूरपश्चिमका लागि करिश्मा थापाले ३ तथा लक्ष्मी साउद र रितु कनौजियाले २–२ विकेट लिए।

अब पहिलो क्वालिफायरमा पराजित भएको कोशी प्रदेशले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग सोमबार प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल बुधबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved