बालकुमारी घटनाको छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग बनाउने

नेपालभ्युज

बालकुमारी घटनाको छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग बनाउने
फाइल फोटो

काठमाडौं । सरकारले बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग बनाउने भएको छ ।

सत्तागठबन्धन साझेदार दलका शीर्ष नेताहरुबीच आइतबार भएको बैठकले यस्तो सहमति गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार उच्चस्तरीय आयोग बनाउन लागेको उनको सचिवालयले जनाएको छ । आयोगको गठन भोलि बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत सहभागी भएका थिए ।

बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डले आयोग गठनसम्बन्धि प्रस्ताव भोलिको मन्त्रिपरिषद बैठकमा पेश गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको पनि उनको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved