युक्रेनको ड्रोन हमलामा २० जनाको मृत्यु, सयौं घाइते

युक्रेनको हमला घातक भएको रसियाको प्रतिक्रिया

नेपालभ्युज

युक्रेनको ड्रोन हमलामा २० जनाको मृत्यु, सयौं घाइते

काठमाडौं । दक्षिण पश्चिम रसियामा युक्रेनले घातक हवाई हमला गरेको रसियाले आरोप लगाएको छ । युक्रेनको आक्रमणबाट बेलगोरोडमा २० जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन् ।

युक्रेनको आक्रमणलाई रसियाले घातक भनेको छ । आक्रमणमा ३ बालबालिकाको मृत्यु भएको छ । युक्रेनले भने रुसी सैन्य क्याम्पलाई मात्र लक्षित गरेको दाबी गरेको छ । गत शुक्रबार रुसी आक्रमणमा ३९ जनाको ज्यान गएपछि युक्रेनले जवाफी आक्रमण गरेको हो ।

रुसको आतंकवादी हमलाविरुद्ध आफुहरुले ७० भन्दा बढी ड्रोन आक्रमण गरेको युक्रेनी सुरक्षा स्रोतको दाबी छ ।

युक्रेनको ड्रोन आक्रमणलाई निष्तेज पार्न नसकेकोमा रुसी वायु रक्षादलको कमजोरी भएको रसिया सरकारको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved