प्रधानमन्त्री कप महिला क्रिकेट :

लुम्बिनीलाई हराउँदै कोशी क्वालिफायरमा

नेपालभ्युज

लुम्बिनीलाई हराउँदै कोशी क्वालिफायरमा

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गर्दै क्वालिफायरमा स्थान पक्का गरेको छ।

मूलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा कोशीले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो।

७० रनको लक्ष्य कोशीले १०.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ४४ रन बनाईन्। उनले सो क्रममा ३४ बलमा ८ चौका प्रहार गरिन्। काजल श्रेष्ठले भने १३ रन जाडिन्। लुम्बिनीका लागि कृतिका मरासिनीले २ तथा मधु डिसीले १ विकेट लिइन्।

पहिले ब्याटिङ गरेको लुम्बिनीले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा ६९ रन बनायो। लुम्बिनीका लागि कप्तान सरस्वती घर्ती मगरले १७ र आश्मा पुलामी मगरले १६ रन बनाए। पुलिसका लागि भने रुबिना क्षेत्रीले ४, संगीता राईले २ तथा अलिशा खडिया, अप्सरी बेगम र सबनम राईले १–१ विकेट लिए।

७ खेलबाट १२ अंक जोडेको कोशी १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ। ७ खेलबाट ४ अंक जोडेको लुम्बिनी छैँटौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

यस्तै, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा मधेसले कोशीलाई ७८ रनले पराजित गर्यो।

१०० रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कर्णाली ९.४ ओभरमा २१ रनमा अलआउट भयो। कर्णालीका लागि बिना थापाले अविजित १२ रन बनाइन्। कर्णालीका ९ खेलाडी डगआउट हुँदा किरण कुँवरले ६ रन जोडिन्। कर्णालीलाई सस्तैमा प्याक गर्न पुजा महतोले ४, सरस्वती कुमारीले ३, आरती महतोले २ तथा कविता गौतमले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ९९ रन बनायो। मधेसका लागि पुजा महतोले सर्वाधिक ४९ र सरस्वती कुमारीले १८ रन बनाए। कर्णालीका लागि तृष्णा विश्वकर्माले २ तथा अन्जु गुरुङ र बिना थापाले १–१ विकेट लिए।

७ खेलबाट ६ अंक जोडेको मधेस भने पाँचौँ स्थानम रह्यो। सबै ७ खेलमा पराजित भएको अंकविहिन कर्णाली ८ औँ स्थानमा रहँदै बाहिरिएको छ।

अब आईतबार हुने पहिलो क्वालिफायरमा एपीएफ र कोशी आमने सामने हुनेछन्। जसमध्ये विजयी टोली फाइनलमा पुग्नेछ। पराजित टोलीले भने इलिमिनेटर खेल्नेछ।

तेस्रो स्थानमा भएको सुदूरपश्चिम र चौथो स्थानमा भएको बागमतीबीच भने आईतबार हुने इलिमिनेटर मा भिड्न्त हुनेछ। जसमा विजयी हुने टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसँग खेल्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved