बालकुमारी घटना : ललितपुरका सिडिओ, एसपी र ईपीएस कोरिया शाखाका निर्देशकको खोसियो जिम्मेवारी

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाइएको हो ।

नेपालभ्युज

बालकुमारी घटना : ललितपुरका सिडिओ, एसपी र ईपीएस कोरिया शाखाका निर्देशकको खोसियो जिम्मेवारी

काठमाडौं । दुईजनाको ज्यान जाने गरी शुक्रबार बालकुमारीमा प्रदर्शन भएपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाइएको छ । राज्य पक्षबाट कमजोरी भएको स्वीकार गर्दै सरकारले उनीहरुलाई जिम्मेवारीबाट हटाएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाइएको हो ।

रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शन भएको थियो । सो प्रदर्शनमा दुई युवाको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए ।

ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णयसमेत भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved