काठमाडौं। ईपीएस कोरिया भाषा परीक्षा अन्तर्गत सिप बिल्डिङ (पानीजहाज निर्माण) क्षेत्रका विद्यार्थीले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन्।
उनीहरूले आन्दोलन गर्दै आएका थिए । सोही क्रममा २ जनाको ज्यान गएको थियो ।
वैदेशिक रोजगार विभागले उनीहरूलाई आवेदन दिन पाउने निर्णय गरेको हो । त्यसका लागि पुस १६ गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने ईपीएस कोरिया शाखाले शुक्रबार अबेर सूचनामार्फत जनाएको छ ।
सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएका ३१ हजार भन्दा बढिले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने व्यवस्था थियो ।
चर्को दबाब तथा उच्च अदालत पाटनको अन्तरिम आदेशपछि उनीहरूका लागि आवेदन खुला गरेको हो ।
अदालतले निवेदकसहित इच्छुक सबैलाई आवेदन फाराम भर्न दिन आदेश जारी गरेको थियो ।
यसअघि सुरज पाठकसहित १८ जनाको हकमा फाराम भर्न दिन भन्दै आदेश जारी गरेको थियो । त्यसपछि उनीहरूले शुक्रबार आवेदन फाराम भर्न निवेदन दिएका थिए ।
ती बाहेककाले आन्दोलन गर्ने क्रममा दुई जनाको मृत्यु भएको थियो । अब भने पानीजहाज निर्माण क्षेत्रकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् ।


Facebook Comment
Comment