सुन्तलाको बोक्राले गर्नुहोस् सरसफाई, चम्किनेछ घर

नेपालभ्युज

सुन्तलाको बोक्राले गर्नुहोस् सरसफाई, चम्किनेछ घर

एजेन्सी । सुन्तला जति खानका लागि स्वादिष्ट छ, त्यसरी नै त्यसको बोक्रा पनि एकदमै उपयोगी छ । आज हामी तपाईंलाई सुन्तलाको बोक्राले घर सफा गर्ने तरिका बताउनेछौं ।

सामग्री

यसले घर सफा गर्न तपाईंलाई सुन्तलाको बोक्रा, सोडा, लिक्विड डिटर्जेन्ट र नुनको आवश्यकता पर्दछ ।

बनाउने तरिका

  • यसका लागि तपाईंले सबैभन्दा पहिला ४ देखि ५ वटा सुन्तलाको बोक्रा लिनुहोस् र सानो सानो टुक्रा बनाउनुहोस् ।
  • त्यसपछि एउटा प्यान चुल्होमा राख्नुहोस् अनि त्यसमा सुन्तलाको बोक्रा, पानी र नुन राखेर उमाल्नुहोस् ।
  • सुन्तलाको बोक्रालाई उमालेपछि त्यसको पानी एउटा कचौरामा छान्नुहोस् र त्यसमा बेकिंग सोडा र लिक्विड डिटर्जेन्ट मिसाउनुहोस् ।
  • अब उक्त पानीलाई एउटा स्प्रे बोतलमा भर्नुहोस् । जसले तपाईंलाई सरसफाई गर्न सजिलो हुनेछ ।

सफा गर्ने तरिका

  • स्प्रे बोतलमा भरेको सुन्तलाको बोक्राको पानीले घरका साना-साना सामान जस्तै ग्यासको बर्नर, धाराको टुटी आदि सफा गर्न सकिन्छ ।
  • जब यो पानीले कुना कुना सफा गर्नुहुनेछ घरमा सफाई त हुन्छ नै साथमा वासना पनि मिठो आउनेछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved