इजरायलको आक्रमण निरन्तर, गाजा क्षेत्र अस्तव्यस्त

नेपालभ्युज

इजरायलको आक्रमण निरन्तर, गाजा क्षेत्र अस्तव्यस्त
फाइल फोटो

काठमाडौं । इजरायलको निरन्तर आक्रमणका कारण गाजामा ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दो छ ।

पछिल्लो आक्रमणका कारण गाजामा कम्तीमा ८० जनाको मृत्यु भएको छ । इजरायलले बेइट लाहिया, खान युनिस र अल–मगाजी शहरमा आक्रमण तिब्र बनाएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयले आक्रमणमा सयौं व्यक्ति घाइते भएको जनाएको छ । घाइतेको अवस्था हेर्दा मृतकको संख्या थप बढ्न सक्ने छ ।

उत्तरी गाजा बेइट लाहियामा रहेको एउटा आवासीय चोकमा इजरायली बमबारीमा ३० भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved